काभ्रेपलाञ्चाेकका शिव पाण्डे २४ गतेदेखि सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

काभ्रेपलाञ्चाेकका शिव पाण्डे २४ गतेदेखि सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

काठमाडौं । भदौ २४ गतेदेखि सम्पर्कविहीन शिव पाण्डेको खोजी गरिदिन घरपरिवारले आग्रह गरेका छन् । गत मंगलबारदेखि चाबहिलको चुच्चेपाटीबाट सम्पर्कबिहीन पाण्डेको खोजी कार्यमा सहयोग गर्न परिवारले आग्रह गरेका हुन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६, पर्सेल स्थायी घर भएका पाण्डे बौद्ध जोरपाटीस्थित बेसीगाउँमा बस्दै आएका थिए । ३५ वर्षीय पाण्डेको मोबाइल स्वीच अफ रहेको बताइएको छ ।

बिहानै घरबाट हिँडेका पाण्डे जेन जी आन्दोलनको चपेटामा परेको हुन सक्ने र त्यतैबाट बेपत्ता भएको अनुमान परिवारको छ । उनको खोजीका लागि घरपरिवार, छरछिमेक तथा स्थानीय सरकारसमेतले प्रयास गरिरहेको भन्दै कतै फेला पारेमा निम्न सम्पर्क नम्बर वा नजिको प्रहरी कार्यालयमा सम्पर्क गराइ दिन आग्रह गरेका छन् ।

चन्द्र लामा, गाउँपालिका अध्यक्ष : ९८५१०८२२९४
कृष्णप्रसाद पाण्डे : ९८४३५०४६००
सम्पर्क : ९८४५०८१३७

Leave a Reply