जेन्जी आन्दोलनमा घाइते ३५ जनाको सिभिल अस्पतालमा शल्यक्रिया | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

जेन्जी आन्दोलनमा घाइते ३५ जनाको सिभिल अस्पतालमा शल्यक्रिया

काठमाडाैं । बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा जेनजी आन्दोलनमा क्रममा घाइते भएका ३५ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालका प्रशासकीय अधिकृत रञ्जना नेपालका अनुसार अस्पतालमा आएका चार सय ३६ जनामध्ये ४८ जनको भर्ना गरिएको थियो ।

सोमध्ये ३५ जनाको शल्यक्रिया गरिएको हो । उहाँकाअनुसार उपचारको लागि ४४ जनालाई अन्य अस्पचालमा रिफर गरिएको छ । सामान्य उपचारपछि तीन सय ४४ जनालाई डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ । सोमबार तीन जना र मंगलवार तीन जना गरी ६ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृत्यु हुनेहरुको शव पोष्ट मार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्ज पठाएको उहाँले बताउनुभयो ।

हाल अस्पतालमा बिरामी उपचार गर्न आवश्यक जनशक्ति र ब्लड पर्याप्त रहेकाे पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले जेनजी आन्दोलनका क्रममा मंगलबार अस्पतालभित्र समेत अश्रु ग्यासहरु प्रहार गरिएको जानकारी दिनुभयो । अश्रुग्यास प्रहारसँगै अस्पताल भित्र पसेर सुरक्षाकर्मीहरुले लाठी चार्ज गरेको उहाँले बताउनुभयो । लाठी चार्जबाट एक जना चिकित्सक घाईते भएको उहाँको भनाई छ ।

आन्दोलनकारीहरुलाई अस्पतालभित्र छिर्न दिएको आरोपमा लाठी चार्ज भएको उहाँले बताउनुभयो ।

Leave a Reply