काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनैपनि पार्टीको लागि काम गर्न नपाइने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभइ समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताउनुभएकाे हाे ।
सभापति देउवाले देश, राष्ट्र, विधान अनुसारको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत कुरा भएको उल्लेख गर्दै पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताउनुभयो ।
सभापति देउवाले सरकारी सेवाहरु चुस्त र दुरुस्त बनाउन कर्मचारीहरु क्रियाशील हुनुपर्ने बताउनु भयो । २१ औँ शताब्दीको आकांक्षा अनुरुप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने उहाँकाे भनाइ छ ।





