सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : स्वास्थ्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : स्वास्थ्यमन्त्री

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताउनुभएको छ ।
मन्त्रालयमा बुधबार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले बताउनुभएको हो ।

प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एक वटा अटिजम स्कुलको खाँचो औँल्याउनुभयो । मन्त्रालयले यसलाई दीर्घकालीन परियोजना बनाएर काम गर्ने उहाँको भनाइ छ । उहाँले काठमाडौंको बुढानिलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिनुभयो ।

बुढालिनकण्ठ–४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया शुरु भइसकेको उहाँले बताउनुभयो । अटिजम स्कुल सञ्चालनका लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको उहाँको भनाइ छ । उहाँले अटिजम स्कुल स१चालनको लागि काठमाडाैं महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडी बढ्ने बताउनुभयो ।

उहाँले नेपालमा हालसम्म कति अटिजम भएका बालबालिका छन् भन्ने यकिन तथ्याङ्क नै नभएको बताउनुभयो ।

 

Leave a Reply