संविधान कार्यान्वयनमा ढिलाइ हुँदा मुलुकमा सुशासन कायम हुन सकेनः अध्यक्ष राई | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

संविधान कार्यान्वयनमा ढिलाइ हुँदा मुलुकमा सुशासन कायम हुन सकेनः अध्यक्ष राई

काठमाडौं,

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राईले संविधान कार्यान्वयनमा ढिलाइ हुँदा मुलुकमा सुशासन कायम गर्न हुन नसकेको टिप्पणी गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रत्येक १० वर्षमा संविधानको समिक्षा गर्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण गर्नै नसकिएको बताउनु भयो ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा तिब्रता दिनुपर्नेमा उहाँको जोड छ । उहाँले अख्तियारसम्बन्धी विधेयक समितिमै अल्मलिँदा जनतामा असन्तुष्टि बढ्दै गएको बताउनु भयो । कानून निर्माणमा सरकारी हस्तक्षेपका कारण कानून निर्माणमा ढिलाई हुने गरेको पनि उहाँको आरोप छ । उहाँले मुलुकको सबैभन्दा ठूलो समस्या सुशासन भएको बताउनु भयो । मुलुकमा सुशासन कायम गर्न प्रशासकहरुका समस्याहरु हल गर्नेतर्फ सरकारको ध्यानाकर्षण हुनु जरुरी छ ।

Leave a Reply