बम राखेको भन्दै प्रहरी कन्ट्रोललाई फोन गरेर आतंकित पार्ने व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

बम राखेको भन्दै प्रहरी कन्ट्रोललाई फोन गरेर आतंकित पार्ने व्यक्ति पक्राउ

काठमाडौं ।
विभिन्न शैक्षिक संस्थामा विष्फोटक पदार्थ बम राखेको भन्दै प्रहरी कन्ट्रोललाई फोन गरेर आतंकित पार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यकाका विभिन्न तीन स्थानमा बम राखिएको भन्दै प्रहरी कन्ट्रोललाई फोन गरेर आतंकित पार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका  २ स्थायी घर भई काठमाडौं, कीर्तिपुर १० बस्ने जयरुद्र झा पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको बताएको छ ।

उनले भदौ १३ गते प्रहरी कन्ट्रोल रुमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौं उपत्यकाका विभिन्न तीन शैक्षिक संस्थामा बम राखिएको भन्दै सो दिन ४ बजेसम्म पडकिन्छ भनी झुठो सूचना दिएका थिए । तर, उनले भनेका ठाउँमा न बम भेटियो, न विष्फोट नै भयो ।प्रहरीका अनुसार यथेष्ट तयारी नगरेका कारण परीक्षा सार्ने उपायका निम्ति कन्ट्रोललाई फोन गरेको बताएका छन् ।

Leave a Reply