पुस्तकालयलाई नागरिक चेतना जगाउने केन्द्रकाे रूपमा विकास गराैँ : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

पुस्तकालयलाई नागरिक चेतना जगाउने केन्द्रकाे रूपमा विकास गराैँ : सञ्चारमन्त्री

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले पुस्तकालयलाई अनुसन्धान, नवप्रवर्तन र सीप विकासको प्रमुख केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । १८ औँ पुस्तकालय दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

उहाँले ग्रामीण क्षेत्रका पुस्तकालयमा कम्प्युटर, इन्टरनेट, डिजिटल प्रणाली र मोबाइल पुस्तकालय जस्ता सुविधाले सूचना पहुँचको खाडल पुरेको बताउनुभयो । उहाँले पुस्तकालय केवल अध्ययनका स्थल मात्र नभइ नागरिक चेतना जगाउने केन्द्र, सामाजिक संवादका चौतारी र परिवर्तनको प्रेरणाश्रोत रहेको पनि बताउनुभयो ।

उहाँले कानूनी संरचना, पर्याप्त लगानी र प्रविधिको कमीका कारण पुस्तकालय अझै पूर्ण क्षमतामा पुग्न नसकेको पनि बताउनुभयो । सरकार, स्थानीय तह र समुदाय मिलेर पुस्तकालयलाई बलियो कानूनी आधार, बजेट र प्रविधिसहित सक्षम बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

मन्त्री गुरूङले पुस्तकालयहरुको सुधार गर्दै पठन संस्कृतिको विकासका लागि सरकार लागिपरेको समेत बताउनुभयो ।

Leave a Reply