महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो रहेको मेयर बालेन शाहको भनाई | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो रहेको मेयर बालेन शाहको भनाई

काठमाडौं
महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा मेयर साहले सानोमा आफूले हलिउड सिनेमा हेर्दा सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको उल्लेख गरे ।

सिनेमामा देखाईएको काम वास्तविक रुपमा हुनु खुशीको कुरा भएको मेयर साहको भनाइ छ । उनले काठमाडौं महानगरबाट धेरै पालिकाहरुले काम गर्ने शैली सिक्न खोजेको दाबी पनि गरे । त्यसमा महानगर प्रहरीको ठूलो योगदान रहेको उनले बताए । काठमाडौं महानगरपलिका भित्रका सार्वजानिक सम्पतीको संरक्षण गर्ने, अतिक्रमण हटाउने, महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा महत्वपूर्ण भुमिका रहेको भन्दै उनदे नगरप्रहरीको प्रशंसा गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिए । महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेकोप्रति लक्षित गर्दै उनले फिल्डमा व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर खटिन आग्रह गरे । उनले कानूनी शासनको प्रतिनिधित्व गर्ने कुराको मानक स्थापना गर्न पनि नगर प्रहरीलाई आग्रह गरे । उनले काठमाडौं महानगरपालिकामा सुशासन स्थापनाको उदाहरण बन्न नगर प्रहरीलाई आग्रह गरे ।०००

Leave a Reply