काठमाडौ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता एमालेले नखोसेको बताएका छन् ।शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति हुने बेलामा आफैँले परित्याग गरेको बताए ।उनले भने, ‘उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो ।
फर्केर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर लिएर हुँदैन । राष्ट्रपति भएको मान्छे होला कर्मचारीले त रसिद काट्दिन्छ। त्यसरी लिने होइन ।’उनले छाडेको सदस्यता नवीकरण नहुने बताए ।
उनले थपे, ‘कसैको सदस्यता नै छैन भने कसरी नवीकरण हुन्छ रु उहाँको सदस्यता नै थिएन । उहाँले ०७२ कात्तिक १२ गते परित्याग गर्नुभएको हो । त्यसयता उहाँको पार्टी सदस्यता छैन ।
त्यस्तो सदस्यता प्यारो थियो भने त राष्ट्रपति हुन नजान पर्थ्यो नि । अहिले आएपछि खोज्नुहुन्छ नभएको सदस्यता नवीकरण हुँदैन ।’उनले सदस्यताको लागि कुनै छलफल, आवेदन पनि नदिएको र नवीकरणको लागि कुनै निवेदन नदिएको बताए । उनले पार्टी सदस्यता बाहिर टेलिभिजनले नदिने बताए ।





