एजेन्सी,२४ माघ । अमेरिकाले फाल्कन हेभी नामक विश्वकै सभैभन्दा शक्तिशाली रकेट प्रक्षेपण गरेको छ । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट बुधबार विश्वकै शक्तिशाली रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको हो । यो रकेट अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले निर्माण गरेको हो ।
फाल्कन हेभीले अहिले विश्वमा निर्मित रकेटले भन्दा दुई गुणा बढी भार वहन गर्न सक्ने बीबीसीले जनाएको छ । स्पेक्स एक्सले यस अघि गराएको परिक्षण उडानमा ५० प्रतिशत मात्रै सफलता प्राप्त भए पनि अहिलेको परिक्षणले शत प्रतिशत नतिजा दिएको दाबी गरेको छ । यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरको अर्थात ६४ टन भार अन्तरिक्षमा लैजान सक्ने सञ्चारमाध्यमले जनाएका छन् ।




