काठमाडाैं । नेकपा एमाले सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकमा अहिले देशकै नजर रहेको भन्दै यसलाई छिटो भन्दा छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि समितिमा छलफलमा आएको भन्दै घनिभुत छलफल गरेर अघि बढाइएको बताउनुभयो । उहाँले विधेयकको अन्तिम चरणमा पुगेको भन्दै सबैको चासो भएकाले पनि विधेयक छिटो टुंग्याउनुपर्ने बताउनुभयो ।
सांसद हजाराले विधेयकलाई छिटो टुंग्याउनुपर्ने जरुरी भइसकेको बताउनुभयो ।





