विकासको बाधक 'कर्मचारीतन्त्र' | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

विकासको बाधक ‘कर्मचारीतन्त्र’

बुटवल,सत्य नारायण मानन्धर  ।
नेपालको राणा कालदेखी नै स्थायी रुपमा सत्ता चलाएको स्थायी सत्ता कर्मचारीतन्त्रका कारण विकास नभएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बताएका छन । उनले केही संयन्त्र सही र असल भएतापनिअधिकांश कर्मचारीतन्त्र झुट भएको बताए ।

नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले भुमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई सम्मान तथा अन्तकृया कार्यक्रममा सभामुख घर्तीले सो कुरा बताएका हुन । आजको समाज सही बोल्न सक्ने अबस्थामा नभएकाले समाजको विकास रोकिएको उनको दाबी छ ।सही बोल्ने मानिस विभिन्न बहानामा सिकार भएको भन्दै सत्यको बाटो र सही कुरा भन्न सक्ने हिम्मत गर्नुपर्ने बताउदै यसको अभावमा विकास सम्भब नभएको उनले बताए ।
नेपालको सबै स्थानीय तहमा यही समस्या रहेको भन्दै लुम्बिनी प्रदेश सरकार पनि सही ढंगबाट अगाढी बढ्न सकेको छैन । सभामुखले चाहदैमा कुनै पनि कानुन अगाढी बड्न नसक्ने घर्तीले बताए ।

उनले नेपालको संबिधानले आदिवासी जनजातिको भाषिक र सास्कृतिक अधिकार मात्रै प्रदान गरेको र सबिंधानमा उल्लेख भएको बिषय लागु गर्न आदिवासी जनजातीले सो कुराको कार्यान्वयनमा जोड दिनु पर्ने बताए।

महिलाहरुको अधिकार सुनिश्चित गर्न आफु लाग्नु पर्ने भन्दै प्रदेशको ५२ स्थानबाट एक महिला मात्र प्रत्यक्ष चुनाब जितेर प्रदेश सभामा प्रतिनिधित्व गरेको बताउदै उनल सोे उदाहरण पनि पेश गरे।

उनले निकट भबीष्यमै लुम्बिनी प्रदेश सरकारले विभिन्न भाषा भाषिलाइ सरकारी कामकाजको भाषा बनाउने प्रयास थालेको बताए। सविंधान संसोधन नगरी आदिवासीले अधिकार नपाउने बताउदै लुम्बिनी प्रदेशमा पाल्पा देखी रोल्पा सम्म सास्कृतीक मगरात स्वायत्त क्षेत्र बनाउन सकिने बताए तर यसका लागि  संघर्ष आवस्यक भएको पनि बताए ।
अन्तकृया कार्यक्रममा भुमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा मगरले भुमिहिन समस्या समाधान गर्न आफुले सक्दो प्रयास गरेपनि कर्मचारीतन्त्रको काम गर्ने शैली र परम्पराले केही समस्या भएको बताए । कुनैपनी काम गर्न ईमान्दारीता पहिलो शर्त भएको बताउदै इमानका साथ काम गर्न सकेमा भुमहिन, दलित सुकुम्बासीको समस्या छिटै समाधान हुने थापाको भनाई छ ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य धनी आलेले मगरले मगर समुदायको विकासमा राज्य उदासिन रहेको बताए ।अन्तकृयामा मगर संघका केन्द्रीय सदस्य मधु राना,ज्ञान बहादुर सलामी, आदिवासी जनजाती महासंघ लुम्बिनीका सचिब मनोज कुमार राना,नेपाल मगर संघ लुम्बिनीका बरीष्ठ उपाध्यक्ष जनक थापा मगर, मगर महिला संघ रुपन्देहीका पुर्ब अध्यक्ष सकुन्तला पुन, मगर महिला संघ बुटवल उपमहानगरका निबर्तमान अध्यक्ष माया गलामी , लगायत मगर महिला संघका नेतृहरुको उपस्थिती रहेको थियो । कार्यक्रम लक्ष्मी थापाको संयोजन कुमारी थापाको स्वागत तथा तिर्थ कुमारी सोमरेले सञ्चालमा सम्पन्न भएको हो ।

Leave a Reply