काठमाडौँ ।
अध्यागमन विभागले अबदेखि पर्यटन भिसा भिजिट भिसामा विदेश जाने नेपाली कसैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागनमा नरोक्ने निर्णय गरेको छ ।
विभागलेअबदेखि कुनै पनि नेपाली नागरिकलाई अनुमान, शङ्का वा हैसियतका आधारमा विदेश जान नरोकिने प्रतिबद्धता व्यक्त गरेको छ । विभागले आइतबार एक सूचना प्रकाशित गरी भिजिट भिसामा विदेश जानेलाई अब अध्यागमनमा नरोक्ने निर्णय भएको जानकारी दिएको हो ।
काठमाडौं । अध्यागमन विभागले अब पर्यटन भिसा अर्थातभिजिट भिसामा विदेश जाने नेपाली कसैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागनमा नरोक्ने निर्णय गरेको छ ।
एजेन्टहरूले सेटिङमा ‘भिजिट भिसा’मा धेरै नेपालीलाई विदेश पठाउने गरेको बाहिरिएपछि अध्यागमन विभागले यस्तो निर्णय गरेको हो । विभागले आइतबार एक सूचना प्रकाशित गरी भिजिट भिसामा विदेश जानेलाई अब अध्यागमनमा नरोक्ने निर्णय भएको जानकारी दिएको हो ।अनुमान, शंका र भौतिक हैसियतको तजबिजी मूल्यांकनको आधारमा आफ्नै नागरिकहरूलाई विभेदपूर्ण व्यवहार गर्नुहुँदैन भन्ने कुरामा प्रष्ट रहेको अध्यागमन विभागले जनाएको छ ।
“सोही अनुरुप अध्यागमन प्रशासनले अब उप्रान्त पर्यटकीय प्रकृतिका भिसामा जाने कुनै पनि नेपाली नागरिकलाई कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने विषय र तथ्यगत रूपमा थप छानबिन गर्नुपर्ने सूचना वा जानकारीबिना निजको हैसियत जाँच गरी प्रस्थानमा रोक नलगाउने निर्णय गरेको छ,” अध्यागमन विभागले जारी गरेको सूचनामा भनिएको छ ।
आइतबार जारी सूचनामा विभागले कानुनले तोकेका वैध राहदानी र भिसा, दुईतर्फी हवाई टिकट, होटेल बुकिङ वा आफन्तसँग बस्ने भएमा सोको प्रमाण, तोकिएबमोजिमको डलर सटही र आवश्यकताअनुसार स्वःघोषणा लगायतका वैध कागजात लिएर सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।




