एकले अर्काेलाई सहयोग गर्नु नै मानव धर्म : स्वास्थ्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८२, बुधवार

एकले अर्काेलाई सहयोग गर्नु नै मानव धर्म : स्वास्थ्यमन्त्री

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरु प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताउनुभएको छ ।

आइतबार ललितपुरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोवल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले मानव अङ्गहरु प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने भएको खुकुलो बनाउन नसकिने बताउनुभएको हो ।

नेपालमा मिर्गौला, आँखा लागयतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अंगहरु पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको बताउनुभयो । उहाँले यदी मानव अंग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानून बनाउने हो भने यसले विकृति भित्र्याउने बताउनुभयो । मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अंगहरु झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको बताउनुभयो ।

मन्त्री पाडेलले एउटाले अर्काको सहयोग गर्नु नै मानव धर्म भएको बताउनुभयो । संस्कारयुक्त संस्कृतिको विकास गर्न जरुरी रहेको बताउनुभयो । धनी मानिस सुखी नहुने भन्दै स्वस्थ मानिसमात्रै सुखी हुने उहाँको भनाइ छ ।

Leave a Reply