नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैन : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैन : गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्ट पार्नुभएको छ ।
विधायन व्यवस्थापन समितिको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन् । तर सरकारले भने दुई देशको नागरिकता दिन नसकिने बताउँदै आएको छ । उहाँले कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुने बताउनुभयो ।

यदी नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुनः नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेर छोडेको डकुमेण्ट ल्याएर नेपालमा दर्ता गर्यो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुने व्यवस्था वर्तमान ऐनले गरेको बताउनुभयो । उहाँले दुवै देशको नागरिकता राख्न दिने हो भने संविधान संशोधन गर्दा पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले आमाको नामबाट सरल रुपले नागरिकता पाओस् भन्ने उद्देश्य सरकारको रहेको बताउनुभयो । बिहीबार नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो । छलफलमा उहाँले आमाले घोषणा गरेर मेरो सन्तान हो भनेको खण्डमा नागरिकता दिनुपर्ने प्रावधान राख्नुपर्ने विधेयकको उद्देश्य रहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता दिन प्रतिनिधि सभाबाट अनुमान हुन नसकेको कुराहरु भए राख्न पनि सांसदहरुसँग माग गर्नुभयो ।

Leave a Reply