नेपाल सद्भावना पार्टी पुनर्गठन | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

नेपाल सद्भावना पार्टी पुनर्गठन

काठमाडाैं । नेपाल सद्भावना पार्टीलाई पुनर्गठन गरिएको छ ।  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष अनिलकुमार झाले पार्टी पुनर्गठित गरी अघि बढेको बताउनुभएको हो ।

बुधबारमात्रै पार्टीको पुनर्गठनलाई निर्वाचन आयोगले स्वीकृति दिएको बताउनुभयो । आफ्नो पुरानो सैद्धान्तिक प्रतिवद्धता पूरा गर्नेगरी अघि बढ्ने बताउनुभयो । पार्टीले मधेस आन्दोलनका शहीदहरुको प्रतिमा स्थापना र सम्मान गर्नमा भइरहेको अशोभनीय र अमर्यादित कार्यको भर्त्र्सना गरेको छ ।

उहाँले मधेस आन्दोलनका शहीदहरुको अन्य आन्दोलनका शहीदसरह सम्मान स्थापित गराउन पार्टी प्रतिवद्ध रहेको बताउनुभयो । पार्टीले हाल मधेसमा देखिएको मधेसमा भूमिगत जलको कमीप्रति गम्भीर हुन पनि आग्रह गरेको छ । एकल महिला, वृद्धवृद्धाको जीवनयापन, आत्मसम्मान एवं स्वास्थ्योपचारको जिम्मेवारी राज्यले लिनुपर्ने माग गर्नुभयो ।

प्रहरी प्रशासनमा अझै मधेसलाई मौजाको रुपमा ठान्ने र मधेसीलाई शासित मान्ने मनोविज्ञानलार्य अविलम्व अन्त्य गर्ने नीति बनाउन र निर्देशन दिन सरकारसँग पार्टीले माग गरेको छ ।

 

Leave a Reply