प्रतिनिधि सभा : प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

प्रतिनिधि सभा : प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते

काठमाडाैं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ । प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ११ मा रहेका सदस्यहरुले मात्रै प्रश्न सोध्न पाउने बताउनुभयो ।

प्रश्न सोध्न भदौ १ गते आइतबार दिनको १ बजेभित्र प्रतिनिधि सभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनसक्ने बताउनुभयो ।

Leave a Reply