काठमाडाैं । आज दिउँसो देशभर पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेस प्रदेश लगायत कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मुसलधारे वर्षा र एक–दुई स्थानमा आरीघाेप्टे आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा पूर्णतया बदली रही बाँकी भू–भागमा साधारणतया बदली रहनेछ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भाग, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थानहरूमा मुसलधारे तथा लुम्बिनी प्रदेशको तराईको भू-भागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना रहेको छ ।
लामाे तथा छाेटाे दूरीकाे यात्रा गर्दा सतर्कता अपनाउन जल तथा माैसम पूर्वानुमान विभागले आग्रह गरेकाे छ ।





