काठमाडाैं । हिमालयन आर्टस फेस्टिभल, २०२५ काठमाडौमा शुरु भएको छ । एक कार्यक्रमबीच हिमालयन आर्टस् फेस्टिभल,२०२५ शुरु भएको हो ।
प्रदर्शनी काठमाडौंको बबरमहलस्थित कला परिषद् (आर्ट काउन्सिल)मा शुरु भएको छ । प्रदर्शनीमा एक सय २२ जना कलाकारहरुका कलाकृतिहरु रहेका इ.आर्टस् नेपालकी को फाउण्डर सुजन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अगस्ट ९ देखि शुरु भएको प्रदर्शनी १४ तारिकसम्म सञ्चालन हुनेछ ।
उहाँले प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने बताउनुभयो । प्रदर्शनी एक किसिमको उद्यमशिलता प्रोत्साहनको रुपमा सञ्चालन गरिएको बताउनुभयो ।





