जनैपूर्णिमा पर्व : यज्ञोपवीत तथा रक्षावन्धन धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

जनैपूर्णिमा पर्व : यज्ञोपवीत तथा रक्षावन्धन धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास

janai purima

काठमाडाैं प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी पर्व आज देशभर रक्षावन्धन धारण गरेर मनाइदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा बन्धन बाध्ने गर्दछन् ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्रधारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षासुत्र धारण गर्दा अत्यन्त बलशाली दानवराज बली त्यही डोरीमा बाँधिएको धार्मिक मान्यता छ ।

त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँध्ने गर्दछन् ।

जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने पनि प्रचलन छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

Leave a Reply