काठमाडाैं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नयाँ निर्माणाधिन संसद भवन पुस १६ सम्म सकिनेमा मन्त्रालय विश्वस्त हो ? भन्दै प्रश्न गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।
उहाँले सधैँ म्याद थप्ने तर काम समयमा निर्माण नहुने कुरा दुःखको विषय भएको बताउनुभयो । उहाँले म्याद थपको प्राथमिकता भन्दा पनि कसेर अघि बढाउने कुरामा जोड हुनुपर्ने बताउनुभयो । उहँँले अब थपिएको समयमै संसद भवन निर्माण भइसक्छ भन्नेमा विश्वस्त सरकार छ की छैन भन्ने अहिलेको प्रश्न रहेको बताउनुभयो ।
सांसद बडूले नयाँ संसद भवन निर्माणमा पनि पेनाल्टी लगाएर काम गराउनुपर्ने बताउनुभयो ।





