सेयर ब्रोकर सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक श्रीवास्तव पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

सेयर ब्रोकर सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक श्रीवास्तव पक्राउ

काठमाडौँ ।
सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन्।
सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै श्रीवास्तवमाथि ठगीको आरोपमा उजुरी परेको थियो । श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका हुन् ।

प्रहरीका अनुसार उक्त ब्रोकर कम्पनीले उजुरीकर्ता दुईको कुल ११ करोड ५५ लाख रुपैयाँ सेयर कारोबार बापत फिर्ता नगरेको भन्दै ठगीको आरोप लगाइएको हो ।

उजुरी परेपछि कार्यलय पुगेका श्रीवास्तव उपर प्रहरीले आवश्यक अनुसन्धान गर्ने जनाएको छ ।यसअघि सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई पनि प्रहरीले पक्राउ गरेको थियो।प्रहरीका अनुसार अनुसन्धानका लागि कानुनी प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply