प्राप्त अधिकारलाई सुरक्षित गर्नु प्रमुख काम : उपप्रधानमन्त्री सिंह | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

प्राप्त अधिकारलाई सुरक्षित गर्नु प्रमुख काम : उपप्रधानमन्त्री सिंह

काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिनुभएको छ ।  बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेस र एमालेबीच भएकाे सहमति राजनीतिक स्थायित्वका लागि भएकाे बताउनुभएकाे हो ।

उपप्रधानमन्त्री सिंहले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनुभयो । वर्तमान सरकारले ६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर अघि बढेको बताउनुभयो ।

गत निर्वाचन सकिनासाथ सरकारमा नहुँदा काँग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न पनि सचेत गराउनुभयो । आफूहरु मन्त्री, उपप्रधानमन्त्री र सांसद बन्छु भनेर त्यसबेला पार्टीमा आवद्ध भइ आन्दोलनमा नहोमिएको बताउनुभयो । आन्दोलनमार्फत् आफूहरुले जनताको अधिकार पुनःवहाली गरेको बताउनुभयो । उहाँले अबको काम प्राप्त अधिकारलाई सुरक्षित गर्नु रहेको पनि बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताउनुभयो । काँग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने बताउनुभयो । काँग्रेसलाई चुनौतीको सामना गर्नसक्ने बनाउनु बाहेकको उद्देश्य आफूमा नरहेको बताउनुभयो ।

Leave a Reply