काठमाडौँ ।
मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ९३ हजार रुपैयाँ कायम भएको हो।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा २ हजार २९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




