सरकारी जागिरमा युवाहरुको आकर्षण बढ्दो | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

सरकारी जागिरमा युवाहरुको आकर्षण बढ्दो

loksewa class

काठमाडौं, २३ माघ । पछिल्लो समय सरकारी जागिरमा युवाहरुको आकर्षण बढ्दो देखिएको छ । एक दशक लामो राजनीतिक संक्रमणका कारण निजामती सेवाप्रतिको मोहबाट टाढिँदै गएका युवा अब स्थायी सरकार गठन हुने देखिएपछि सरकारी जागीरपट्टि आकर्षित भएका हुन् ।नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिई ‘पास आउट’ भएका ३ सय ७५ जना शाखा अधिकृतले सपथ ग्रहण गरे । तीमध्ये ३ सय ५ पुरुष र ६५ महिला छन ।

सपथ लिने क्रममा उनीहरुले आफ्नो कार्यकाल इमान्दारितापूर्वक जनताको सेवा गरी बिताउने बाचा गरे । यसअघि अस्थिर राजनीतिका कारण आफूहरु सरकारी जागिरमा आएपनि केही गर्न नसकिने चिन्तामा रहेको अनुभुति उनीहरुले सुनाए । तर, अब स्थीर सरकार बन्ने र देशका लागि काम गर्न पाउने अवसर देखेकाले उत्साहित भएको उनीहरुको भनाइ थियो ।खासगरी राजनीतिक स्थायित्व हुने देखिएपछि युवाहरु सरकारी जागिरपट्टी बढी आकर्षित भएको बताउछन्, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने ।

उत्साहका साथ निजामति सेवामा प्रवेश गरेका यी अधिकृहरु भोलिको नेपालको प्रशासक पनि हुन् । निजामती सेवामा भ्रष्टाचार र अनियमितता बढिरहेको अवस्थामा नयाँ जोस र राष्ट्रिय भावनासहित आएका युवा आसाका किरण हुन् । तर, हालैमात्र सरकारी सेवामा प्रवेश गरेका उनीहरुले सपथ ग्रहण अनुसार काम गर्छन् वा गर्दैनन् त्यो भने आगामी दिन उनीहरुले गर्ने कामले नै देखाउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);