सुन्दरीजलदेखि पशुपतिनाथसम्म 'बाेलबम यात्रा'मा शिवभक्तहरू | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

सुन्दरीजलदेखि पशुपतिनाथसम्म ‘बाेलबम यात्रा’मा शिवभक्तहरू

काठमाडाैं । साउनको दोस्रो सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्मको बोल बम यात्रा शुरु भएको छ । बिहानदेखि सुन्दरीजल पुगेर स्नान गरेर पवित्र जल उठाएर भक्तजनहरुले पशुपतिनाथसम्मको बोलबम यात्रा शुरु गरेका हुन् ।

प्रत्येक वर्ष साउन महिनाको सोमबार बागमती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् । साउन महिनाको दोस्रो बोल बम यात्रामा करिब १० हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरीजलले जनाएको छ । यो बोल बम यात्राको आयोजना बोल बम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपालले गरेका हुन् ।

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव हो । काठमाडौंमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरु पनि सहभागी हुने क्रम बढेको छ ।

प्रत्येक वर्ष साउन महिनाको सोमबार बागमती नदीको किनारमा रहेको सुन्दरीजल पुग्ने भक्तजनले नदीमा स्नान गरी शुद्ध वस्त्र धारण गर्छन् र त्यहीँबाट जल बोकी पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा अनुसार यात्रा गर्छन्। गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिंगमा चढाउँछन् ।

नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् । साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको महिमा गाउँदछन् । शिव मन्दिरनजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ ।

Leave a Reply