सरकारले माग सम्बाेधन नगरे सडकमा जानु गैरसंवैधानिक हाेइन : सभामुख घिमिरे | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

सरकारले माग सम्बाेधन नगरे सडकमा जानु गैरसंवैधानिक हाेइन : सभामुख घिमिरे

काठमाडाैं । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरु ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रत्येक कुराहरु सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्यूनत्तम सुनुवाई गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मागहरु अव्यवहारिक, असान्दर्भिक, अनुचित भए त्यतिबेलै यस्तो भयो भन्न सक्नुपर्ने बताउनुभयो ।

कोशिसको बाबजुद पनि सुनुवाई भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक नभएको उहाँकाे भनाइ छ ।

उहाँले बाँसको सामग्रीको प्रवर्द्धानका लागि संसदमा कुनै कानूनहरु अड्किएका भए निर्माण गर्नेकुरामा प्रतिनिधि सभा सधैँ अग्रसर रहने बताउनुभयो ।

सभामुख घिमिरेले बाँस वनस्पतीलाई धेरै ठाउँमा प्रयोग गर्न सकिने र यसको महत्व उल्लेख्य रहेको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार