सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख ७४ हजार पुग्याे | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख ७४ हजार पुग्याे

काठमाडाैं । सामाजिक सुरक्षा कोषले सञ्चालन गर्दै आएको सुरक्षा योजना, सामाजिक सुरक्षा योजना र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको संख्या २३ लाख ७४ हजार चार ८६ पुगेको छ । कोषले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै कोषमा आवद्ध हुने योगदानकर्ता र रोजगारदाताको सूचिकरण तथा योगदान रकम संलकनमा उल्यलेख्य वृद्धि भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कोषका प्रवक्ता कृष्णप्रसाद अधिकारीले गत आर्थिक वर्ष २०८१/०८२ मा मात्रै आठ लाख ८२ हजार नाै सय ४६ नयाँ श्रमिक सूचीकृत भएको जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म २० हजार ९५१ रोजगारदाता संस्थाहरू कोषमा आवद्ध भइसकेका छन् ।

उहाँले गत आर्थिक वर्षमा २५ अर्ब ३६ करोड रुपैयाँ योगदान रकम संकलन भई कुल योगदान रकम ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको पनि जानकारी दिनुभयो । उहाँले सामाजिक सुरक्षा योजनामार्फत कोषले एक लाख १० हजार ६ सय ९६ जनालाई औषधि उपचार, पाँच हजार नाै सय ३३ जनालाई दुर्घटना तथा अशक्तता, सात सय ४५ जनालाई आश्रित परिवार र एक लाख १२ हजार आठ सय ६८ जनालाई वृद्ध अवस्था सुरक्षा योजनामार्फत कुल १५ अर्ब ७५ करोड बराबरको दाबी भुक्तानी भइसकेको बताउनुभयो ।

उहाँले कोषले सेवा प्रवाह प्रभावकारी बनाउन एक सय सात  स्वास्थ्य संस्था संस्थाहरुसँग समन्वय गरी स्वचालित सेवा प्रणाली जडान गरेको जानकारी गराउनुभयो । साथै स्वास्थ्य सेवाको पहुँच अब योगदानकर्ताको परिवारमा समेत विस्तार भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार अस्पतालमा भर्ना भएर गरिने उपचारमा दश लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा लागू गरिएको छ । आगामी चार वर्षभित्र कोषमा आवद्ध श्रमिक र उनीहरूको परिवारको स्वास्थ्य सेवा राज्यले नै लिने लक्ष्य रहेको अधिकारीले बताउनुभयो ।

Leave a Reply