काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनको राम्रोसँग समीक्षा गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो भनेर समीक्षा गर्ने बेला भएको बताउनुभएकाे हाे ।
अध्यक्ष दाहालले संविधान कार्यान्वयन कस्तो रह्यो भनेर समीक्षा गर्नुपर्ने जरुरी रहेको र समीक्षापछि मात्रै संशोधन र परिमार्जनको प्रक्रियामा जान जरुरी रहेको बताउनुभयो । आफू नै गणतन्त्रको पिता भएकाले गणतन्त्र जन्माउने व्यक्तिलाई गणतन्त्रको सबैभन्दा बढी चिन्ता, चासो र जवाफदेही हुने उहाँकाे भनाइ छ ।
गणतन्त्रमाथि प्रश्न उठेपछि अभियान चल्दाचल्दै पनि काठमाडौं आएर जनप्रदर्शन गरेको बताउनुभयो ।
अध्यक्ष दाहालले कुनैपनि राजनीतिक दलबाट महिला अघि आउने कुरा आफ्नो लागि खुशीको कुरा भएको बताउनुभयो । महिला,दलित, आदिवासी, जनजाति, थारुले पाएको अधिकारमा इतिहासले सम्मान गरिसकेको बताउनुभयो ।





