राजतन्त्र फाल्यौँ तर घुस खान नसकिने संयन्त्र बनाउन सकेनौँ : घनश्याम भुसाल | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

राजतन्त्र फाल्यौँ तर घुस खान नसकिने संयन्त्र बनाउन सकेनौँ : घनश्याम भुसाल

काठमाडौं। 
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विभिन्न समयमा भएका आन्दोलनबाट व्यवस्था परिवर्तन गरिएपनि सुशासन कायम हुन नसकेको बताएका छन् । महासचिव  भुसालले गणतन्त्र ल्याउन सङ्घर्ष गरेका दलहरूले घुस खान नसकिने संयन्त्र बनाउन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।पछिल्लो ३५ वर्षमा देशमा व्यवस्थागत परिवर्तन भएपनि भ्रष्टाचार अन्त्य हुन नसकेको उनको भनाइ छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले पञ्चायत कालमा लडेका, राजतन्त्र फालेर गणतन्त्र ल्याउन सक्ने क्रान्तिकारी पार्टीले कुशासन अन्त्य गर्ने संयन्त्र बनाउन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् । ‘हामीले पञ्चायतकालका विरुद्ध लड्यौँ ।

राजतन्त्र फालेर गणतन्त्र ल्याउन सक्यौँ । ठुल्ठुला आन्दोलनमार्फत क्रान्तिकारी पार्टी बनाउन सक्यौँ । तर घुस नखाने राज्य संयन्त्र बनाउन नसकिने रहेछ । घुस खाने र पार्टी कब्जा गर्न गुटबन्दी नगर्न नसकिने रहेछ’, उनले भने, ‘उतिबेला पञ्चातकालमा दरबार आफै दलाल पुँजीवादको प्रतिनिधि थियो ।

कम्युनिस्ट पार्टीले राजाको विरुद्ध सङ्घर्ष गरेको होइन दलाल पुँजीवादको विरुद्ध लडेको हो । आज पनि दलाल पुँजीवादसँग मिलेर घुस खान सकिन्छ । त्यत्रा ठुला काम गर्न सकिन्छ । तर आफ्ना छोराछोरीलाई रोजगारी दिन सकिँदैन । सुशासन बनाउन सकिँदैन ।’

Leave a Reply