'मिडिया काउन्सिल' स्वायत्त भएपनि सरकारबाट पूर्णरूपमा अलग हुँदैन : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

‘मिडिया काउन्सिल’ स्वायत्त भएपनि सरकारबाट पूर्णरूपमा अलग हुँदैन : सञ्चारमन्त्री

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त संयन्त्रको रुपमा विकास गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

मन्त्री गुरूङले काउन्सिललाई स्वायत्त र स्वतन्त्र संयन्त्रको रुपमा विकास गरिएपनि सरकारसँग कुनै न कुनै रुपमा जोडिनुपर्ने भएको कारण सरकारबाट टाढा राख्न नसकिने जिकिर गर्नुभयो । मिडिया काउन्सिल स्वतन्त्र र स्वायत्त संयन्त्र भएपनि सरकारबाट पूर्णरूपमा अलग भएर बस्ने कुरा सम्भव नहुने उहाँको भनाइ छ ।

उहाँले सञ्चार क्षेत्रमा अनुशासन र मर्यादा आवश्यक भएकाले त्यसका लागि स्वतन्त्र संयन्त्रको विकास गर्न खोजिएको ऐन निर्माण लागिएको बताउनुभयो । मन्त्री गुरुङले सामाजिक सञ्चालको माध्यमबाट हुने साइबर अपराधको अवस्था गम्भीर भइरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।

मन्त्री गुरूङका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म १९ हजार सात सय ३० वटा साइबर अपराध सम्बन्धी उजुरी परेका छन् । उहाँले सामाजिक सञ्जालमार्फत हुन अपराध नियन्त्रणका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गरिसकेको पनि बताउनुभयो ।

राष्ट्रिय सभाबाट पास भएर आएको मिडिया काउन्सिल विधेयकमाथि समितिले सैद्धान्तिक छलफल सकाएको छ । सोमबार र मंगलबारको बैठकमा संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने समितिको तयारी छ ।

Leave a Reply