काठमाडाैं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट व्यवस्थापन गर्ने क्षमता एमालेसँग रहेको बताउनुभएको छ । सचिवालय बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पूर्वराष्ट्रपतिलाई सम्मानजनक व्यवस्थापन गर्ने बताउनुभएको हो ।
उहाँले नेतृ भण्डारीले सार्वजनिक रुपमै एमालेको सदस्यता नविकरण गरेको र पार्टीमा सक्रिय रुपमा राजनीति गर्ने घोषणा गरिसक्नुभएको अवस्थामा पार्टीले यसबारेमा छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गर्नुभयो । पार्टीमा सक्रिय हुने घोषणापछि अब पार्टीले उचित स्थान दिनुपर्ने उहाँकाे भनाइ छ ।
सचिव भट्टराईले पूर्वराष्ट्रपति भइसकेको र यसअघि पनि पार्टीको उपाध्यक्षसमेत रही सक्नुभएको अवस्थामा पार्टीको प्रणालीबाटै नेतृ भण्डारी अघि बढ्ने कुरामा कुनै शंका नरहेको बताउनुभयो ।





