काठमाडाैं । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुबै राजनीतिक दलले लिनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जसअपजसकाे भागिदार दुबै दल भएकाे बताउनुभएकाे हाे ।
सरकारले राम्रा कामहरु पनि गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको भन्दै उहाँले सरकारले गरेका गुण र दोषहरु नेपाली काँग्रेस र नेकपा एमाले दुबै राजनीतिक दलहरुले लिनुपर्ने उल्लेख भएकाे बताउनुभयाे । उहाँले सरकारले जनताको हितमा कामहरु गर्दै जानुपर्ने बताउनुभयो ।
शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको उहाँकाे भनाइ छ ।
सांसद सिटौलाले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छ भन्ने मान्यतामा राजनीतिक दलहरु रहेको बताउनुभयो ।





