व्यवस्था बदलियाे, जनताकाे अवस्था बदलिएन : सांसद विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

व्यवस्था बदलियाे, जनताकाे अवस्था बदलिएन : सांसद विश्वकर्मा

काठमाडाैं । नेकपा एमाले सांसद छविलाल विश्वकर्माले जनताको अवस्था बदल्नका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ ।बुधबार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबैले लडेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याएको भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताउनुभएकाे हाे ।

सांसद विश्वकर्माले जनताको अवस्था बदल्नका लागि आफूहरु निरन्तर लागिरहेको बताउनुभयो । उहाँले जनताको अवस्था परिवर्तन गर्ने अभियान नटुंगिएको जिकिर गर्नुभयो । उहाँले आधारभुत तहका विभिन्न वर्ग समुदायका जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

व्यवस्था बदलियो भनेर हामीले चित्त बुझाएर सन्तोष मानेर आफूहरु नबसेको भन्दै सांसद विश्वकर्माले अब अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति, जनताको समताको सद्भाव मानव मर्यादाको परिस्थिति निर्माण गर्नु मुख्य उद्देश्य भएको बताउनुभयो।

सांसद विश्वकर्माले समाज र राष्ट्रलाई समतामुलक र समृद्धशाली बनाउन सबै एकतावद्ध भएर अघि बढ्नु पर्नेमा जाेड दिनुभयाे ।

Leave a Reply