काठमाडौं ।
मोरङको बुढीगंगा गाउँपालिका–६ को कोयलपुरस्थित नहर नजिकको झाडीभित्र गत शनिबार अपराह्न एक युवतीको शव भेटियो । शव सडेको र नग्न अवस्थामा थियो ।प्रहरीले शव अन्दाजी २० वर्षीया युवतीको हुन सक्ने अनुमान गरेको छ । तर, उनको पहिचान खुलेको छैन ।
चार दिनसम्म पनि पहिचान खुल्न नसकेपछि प्रहरीले युवतीका कपडा र गहना सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालयले शवको पहिचान गर्न सहज हुने अपेक्षासहित युवतीले लगाएका कपडा, गहना र हातमा लगाउने ब्यान्ड सार्वजनिक गरिएको बताएको छ ।
सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएको र मृतकको पहिचान गर्न नै मुस्किल भएपछि उनका कपडा र गहना सर्वसाधारणको जानकारीका लागि राखेको बतायएको छ रप्रहरीका अनुसार, स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । शव सडिसकेको अवस्थामा भेटिएको थियो । कम्मरभन्दा तल लुगा थिएन ।
शवको नजिकै पाइन्ट, चप्पल, कपालमा लगाइने क्लिप भेटिएको थियो ।यो कुनै दुर्घटना होइन, हत्या नै हो भन्ने प्रहुरीको प्रारम्भिक बुझाइ छ। प्रहरीले बलात्कारपछि हत्या भएको आशंकासहित अनुसन्धान गरिरहेको छ । तर, शवको पहिचान नै हुन नसकेकाले अनुसन्धान गर्न कठिनाइ भइरहेको छ ।
शव बुढीगंगा औद्योगिक क्षेत्रमा भेटिएकाले युवती कुनै उद्योगमा काम गर्ने श्रमिक पनि हुन सक्ने प्रहरीको अनुमान छ ।




