एजेन्सी । अमेरिकाकाे टेक्ससको हिल कन्ट्रीमा आएको बाढीका कारण हालसम्म ८२ जनाको ज्यान गएको पुष्टि भएको छ । यही जुलाइ ४ देखि ६ तारिखसम्म आएको बाढीका कारण २८ जना बालबालिकासहित ८२ जनाकाे मृत्यु भएकाे हाे ।
एजेन्सीहरूका अनुसार अझै ४१ जना हराइरहेका छन् । सबैभन्दा ठूलो क्षति केर काउन्टीमा भएको छ, जहाँ एकै ठाउँमा ६८ जनाको मृत्यु भएको जनाइएकाे छ ।
बाढीले ग्वाडालूप नदीमा करिब २९ फिट भरिएकाले अकल्पनीय विनाश ल्याएकाे समाचारमा जनाइएकाे छ ।
राष्ट्रपति डाेनाल्ड ट्रम्पले राष्ट्रिय विपद् घोषणा गर्नुभएकाे छ। हराइरहेकाकाे खाेजी प्रयासमा हेलिकोप्टर, डुङ्गा, ड्रोन र चार सयभन्दा बढी उद्धारकर्मीहरू संलग्न छन् ।
पछिल्लाे समय पनि धेरै भागहरूमा अत्यधिक वर्षा हुने त्यहाँकाे जल तथा माैसम विभागले चेतावनी जारी छ ।





