पर्यटकीय क्षेत्र २४ सै घण्टा खुला राख्नु आवश्यक : उपाध्य | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

पर्यटकीय क्षेत्र २४ सै घण्टा खुला राख्नु आवश्यक : उपाध्य

काठमाडाैं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले ठमेल, पोखरा, सौरहा लगायतका पर्यटकहरु लोभिने क्षेत्र राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरुको आकर्षण घट्ने बताउनुभएकाे हाे।

उपाध्यक्ष पाण्डेले पर्यटकहरु विदेशबाट राति ९ बजेदेखि सुत्नका लागि नआउने भन्दै पर्यटकहरुका लागि पर्यटन क्षेत्रहरु २४ सै घण्टा खुला गर्नुपर्ने बताउनुभयो । यसाे गर्दा रोजगारी तथा व्यवसाय बढ्ने उहाँकाे भनाइ छ ।

उपाध्यक्ष पाण्डेले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई अघि बढाउने ठूलो पुलको काम गर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

ताजा समाचार