पर्यटन वृद्धिका लागि हाेटलकाे व्यवस्था गुणस्तरीय बनाऔँ : कार्यकारी निर्देशक जाेशी | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

पर्यटन वृद्धिका लागि हाेटलकाे व्यवस्था गुणस्तरीय बनाऔँ : कार्यकारी निर्देशक जाेशी

काठमाडाैं । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरु बढ्दै गएको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम धेरै बढिरहेकाले सरकारले पनि सोहीअनुसार योजना अघि बढाइरहेको उल्लेख गर्नुभयो । उहाँले सोलो ट्राभल डेस्टिनेशन पनि अत्याधिक बढिरहेकाले यो ट्रेनलाई समातेर बोर्डले आफ्ना कामहरु गरिरहेको उल्लेख गर्नुभयो ।

पर्यटनसँगै प्रविधिको विस्तार गर्न पनि जरुरी रहेको भन्दै उहाँले भन्नुभयो, ‘अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम एकदमै बढेको छ । सोलो ट्राभल डेस्टिनेशन बढेको छ । यस्तो खालको ट्रेन छ । त्यसलाई हामीले क्याचअप गर्नुपर्छ । टेक्नोलोजीको एडप्ट बढाउनुपर्नेछ । केही होटलहरु आए पनि क्वालिटी बढाउनु पर्नेछ ।’

कार्यकारी निर्देशक जाशीले हिमाल, धार्मिक क्षेत्रहरुमा पर्यटन प्रवर्द्धनमा जोड दिनेगरी योजनाहरु अघि बढाइरहेको बताउनुभयो ।

Leave a Reply