काठमाडाैं । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य भइरहेको बताउनुभएको छ। आइतबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अहिले पनि धेरै विदेशी एयरलाइन्सहरुले नेपालमा उडान भर्ने चाहना राखिरहेको र आइरहेको बताउनुभएकाे हाे ।
विदेशी एयरलाइन्सहरुले उडानको संख्या बढाउन चाहिरकोे सन्दर्भमा नेपालले उनीहरुलाई अझै सहुलियतहरुको व्यवस्था गरी थप उडानका लागि प्रोत्साहित गर्नुपर्ने उहाँकाे भनाइ छ ।
नेपालको सिभिल एभिइशनको वर्ल्डबाइड मार्केट छिमेकी देशहरु नै रहेको बताउँदै युरोपमा ब्ल्याक लिस्टमा परेर कुनै असर नहुने बताउनुभयो ।
उहाँले गैरसैनिक हवाई उडान ऐन, २०१५ रहेको तर अहिलेका विधेयकमा कतै उल्लेख भएको नपाइएको बताउनुभयो ।





