शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थाल्यो : प्रमुख सचेतक घिमिरे | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थाल्यो : प्रमुख सचेतक घिमिरे

काठमाडाैं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेको भन्दै आपत्ति जनाउनुभएको छ । संसदीय सुनुवाइ समितिको आइतबारकाे बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको बताउनुभयो । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गर्ने र कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको बताउनुभयो । उहाँले न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भएको बताउनुभयो ।

एउटा फैसला गर्न २० वर्षसम्म लाग्ने स्थितिले न्याय नपाइने जिकिर गर्नुभयो ।

प्रमुख सचेतक घिमिरेले संसदमा बोलेका कुराहरुको बारेमा कतै मुद्दा गर्न पनि नपाइने र कारबाही पनि नहुने स्थिति रहेको बताउनुभयो ।

 

Leave a Reply