काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गर्नुभएको छ । आइतबारको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उहाँले प्रस्तावित न्यायाधीश पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै प्रश्न गर्नुभएको हो ।
केही समय अघिसम्म नेपाल बारको अध्यक्ष भइसकेका व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने शर्माले बताउनुभयाे । बार स्वतन्त्र हुनुपर्ने भएपनि नेपालको बार राजनीतिक पक्षधर रहेको जिकिर गर्नुभयो । बार राजनीतिक धारसँग कुनै न कुनै हिसाबले जोडिएको हुने बताउनुभयाे।
सांसद शर्माले मुद्दाको सुनुवाइ ढिलो गर्दा न्याय हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।





