उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसदमा रास्वपाकाे अवराेध कायमै | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसदमा रास्वपाकाे अवराेध कायमै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध कायमै राख्ने बताएको छ । शनिबार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टीका सांसद हरिप्रसाद ढकालले सदन अवरुद्ध कायमै रहने बताउनुभयो । उहाँले सरकारले बनाएको छानविन समिति झारो टार्ने र मुद्दा ओझेल पार्न बनाइएको समिति भएको आरोप लगाउनुभयो ।

आफूहरुको माग उच्चस्तरीय छानविन समिति भएको र उच्चस्तरीय छानविन समिति नबनेसम्म आन्दोलन गरिरहने चेतावनी दिनुभयो । समस्या सुल्झाउने गरी र उच्चस्तरीय आयोग नबनेसम्म आन्दोलन कायम रहने बताउनुभयो ।

सांसद ढकालले यति लामो समयसम्म रास्वपाको मागको बारेमा सम्बोधन नगरेकाले सदनमा आन्दोलन जारी रहने बताउनुभयो ।

Leave a Reply