डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध : स्वास्थ्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउनुभएको छ ।

थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्याङ्क छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव ढुण्डीराज निरौलाले नेपालका तर्फबाट भइरहेका प्रयासमा एसिया प्रशान्त क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले थप काम गर्ने हौसला मिलेको बताउनुभयो । जनसङ्ख्या नीति चाँडै ल्याउने गरी मन्त्रालयले काम अघि बढाइरहेको जिकिर गर्दै उहाँले यसमा डिजिटल प्रणालीले विशेष भूमिका खेल्ने बताउनुभयो ।

Leave a Reply

ताजा समाचार