सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य : गृहसचिव | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य : गृहसचिव

काठमाडाैं । गृहसचिव गोकर्णमणि दुवाडीले सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताउनुभएकाे हाे ।

उहाँले लागुऔषध दुर्व्यसनीले मुलुकलाई नै अध्याँरोतर्फ धकेलिरहेको जिकिर गर्नुभयो । लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताउनुभयो । लागुऔषधको नियन्त्रण गर्न एकल प्रयास मात्रै सम्भव नरहेको बताउँदै तहगत सरकार, सरकारी र गैरसकारी संस्थाहरुले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

गृहसचिव दुवाडीले सरकारले लागुऔषध नियन्त्रणका लागि विभिन्न कानूनी प्रावधानहरु बनाइ काम गरिरहेको बताउनुभयो । लागुऔषध नियन्त्रण सरकारको प्राथमिकताको क्षेत्र भएको बताउनुभयाे ।

Leave a Reply