काठमाडौ । स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाउँदै स्वीजरल्यान्ड सरकार नेपालको स्थानीय तहको पूर्वाधार निर्माणबाट बिदा हुने भएको छ । लामो समयदेखि नेपालको पूर्वाधार विकासमा स्थानीय तहमा पुल र सडकको डिजाइनसहित आवश्यक प्राविधिक सहयोग गर्दै आएको स्वीस सरकार यो कामबाट बिदा हुन लागेकाे हाे ।
उद्देश्य अनुसार नेपाल सरकारलाई नै सक्षम बनाएर स्वीस सरकार्ले बिदा लिएको हो । अब नेपाल सरकारबाटै यो काम हुने छ । यसै सन्दर्भमा स्वीस सरकारले नेपालको स्थानीय तहमा गर्दै आएको पूर्वाधार विकासको क्षेत्रको सहयोगको स्मरणमा गरेका कामहरुको दृश्यहरु समेत प्रदर्शनमा राखिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार नेपालको पूर्वाधार विकास क्षेत्रमा स्वीस सरकारले धेरै सहयोग गरेको छ ।
स्थानीय स्तरमा रहेका सडक र पुलहरुलाई कसरी डिजाइन गर्ने भनेर यसमा आवश्यक पर्ने प्राविधिक र आर्थिक सहयोग नेपालले पाएको छ ।
बुधबारबाट स्वीस सरकारको सहयोगको यो योजनाको फेज आउट हुने उहाँले जानकारी दिनुभयो ।




