परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडाैं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण विकसित घटनाक्रमपछि नेपालीलाई ती देशमा यात्रासम्बन्धी जानकारी ट्राभल एडभाइजरी जारी गरेको छ ।  मन्त्रालयले विज्ञप्ति निकालेर नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अरु देश भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकका लागि ‘ट्राभल एडभाइजरी’ जारी गरेको हो ।

इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अरु प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्नु हुन मन्त्रालयले अनुरोध गरेको छ ।

त्यस्तै, इजरायल र इरानबाहेक मध्यपूर्वका अरु मुलुकको भ्रमण वा वैदेशिक रोजगारी र अरु प्रयोजनका लागि जाने तयारी गरिरहेकालाई पनि यात्रा स्थगित गर्न परराष्ट्रले भनेको छ । मन्त्रालयले त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेको र रक्षा गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ ।

स्वेच्छाले नेपाल फर्कन चाहने नेपालीका लागि तेस्रो देश हुँदै नेपाल फर्कन ट्रान्जिट भिसा’ लिनुपर्ने भए त्यसका लागि सहजीकरण गर्न आवश्यक पहल गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । इजरायल र इरानमा रहेका नेपालीलाई आफ्नो सुरक्षा प्राथमिकतामा राखी तोकेको समय र ठाउँमा बाहेक घर वा बंकर/सेल्टरबाट बाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको छ ।

Leave a Reply