२०८२,३,२
केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार औसत ब्याजदर जेठको तुलनामा असारमा केही घटेको छ । जेठमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ५.९५२ प्रतिशत विन्दुमा रहेकामा असारका लागि ०.०५ प्रतिशतले घटेर ५.९०२ प्रतिशत विन्दुमा झरेको छ । सञ्चालनमा रहेका २० मध्ये १५ बैंकले जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने पाँच बैंकले घटाएका छन् । असारका लागि ब्याजदर घटाउने बैंकमा कृषि विकास बैंक, कुमारी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।
असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने एभरेष्ट बैंक र एनआईसी एशिया बैंकमा बढी छ । ती दुवै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.५५ प्रतिशतका दरले ब्याज दिने भएका छन् । यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंकहरुमा कृषि विकास बैंक र नेपाल बैंक रहेका छन् । यी दुई बैंकहरुको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ ।
असारमा पनि घट्यो बैंकको ब्याजदर
ताजा समाचार
प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसारण
२१ घन्टा अघि





