जेठ २९ बिहिबार ।
भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ ।
लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
समाचार संस्था एएनआइका अनुसार विमानमा १६९ जना भारतीप्य,५३ ब्रिटिस र,७ जना पोर्चुगिज र एकजना क्यानेडियन नागरिक सवार थिए । घाइतेहरुलाई नजिकका अस्पतालमा लगिएको छ । विमान आगो लागेर नष्ट भएकाले धेरै यात्रु हताहतीको अनुमान गरिएको छ ।
अहिले अहमदाबाद बिमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरु गाडी बन्द गरेर एम्बुलेन्स तथा दमकलमात्र प्रवेश गर्न दिइएको छ । यसअघि सन् १९८८ पनि यही विमानस्थलमा विमान दुर्घटना हुँदा १३३ जनाको ज्यान गएको थियो




