शेयर बजार दोहोरो अङ्कले घटेर २ हजार ६ सय २९ विन्दुमा, कारोबार रकम भने बढ्यो | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

शेयर बजार दोहोरो अङ्कले घटेर २ हजार ६ सय २९ विन्दुमा, कारोबार रकम भने बढ्यो

२०८२,२,२५

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ०६ अङ्कले घटेर २ हजार ६ सय २९ दशमलव ८९ विन्दुमा झरेको छ । आज होटल र जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंक समूहको शेयर १ दशमलव ०५ प्रतिशतले ओरालो लागेको छ ।
आज ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन रिभर फल्स पावर र प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३ सय १३ वटा कम्पनीका १ करोड ९९ लाख कित्ता शेयर ९ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply