जेठ २१ बुधबार ।
राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ अंगरक्षक नपाउने भएका छन् ।राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो
।बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन समितिको बैठकमा राप्रपा नेता बुद्धिमान तामाङले अंगरक्षक फिर्ता बोलाउनुपर्नाको कारणबारे गृहमन्त्री रमेश लेखकलाई सोधेका थिए । त्यसपछि मन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइने बताए ।
राजावादी नेताहरुले आन्दोलनको घटनामा सुरक्षा बढि चाहिएकोले अंगरक्षकमा खटिएका सुरक्षाकर्मीहरुलाई तत्कालका लागि आन्दोलनको सुरक्षा दिन राखिएकोले आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइने गृहमन्त्री रमेश लेखकले बताएका हुन ।
केही दिनअघि राप्रपा नेताहरु ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक फिर्ता भएको सो पार्टीकै नेताहरुले बताएका थिए । त्यतिबेला प्रहरी प्रधान कार्यालयका अधिकृतहरुले राजावादीहरुको आन्दोलनको ब्रिफिङका लागि पीएसओलाई बोलाइएको बताएका थिए । तर अहिलेसम्म पीएसओ राप्रपाका नेताहरुमा पुनः खटिएका छैनन् ।




